सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठबन्धनबाट उपराष्ट्रपतिमा जसपाका नेता रामसहाय उठ्ने

२०७९ फाल्गुन २५, ०५:५७ खबर संवाददाता

काठमाडौंः जनता समाजवादी पार्टीले उपपराष्ट्रपतिको उम्मेदवार टुंगो लगाएको छ।

बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिए। रामसहाय प्रसाद यादव हाल जसपाको संसदीय दलको नेता छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ८ दलीय गठबन्धनमा उपराष्ट्रपति जसपाले पाउने सहमति भएको थियो।

उपराष्ट्रपतिको चुनाव आगामि ३ चैतमा हुँदैछ।

कमेन्ट लोड गर्नुस