सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपराष्ट्रपतिमा जसपाका उम्मेदवार यादव विजयी

२०७९ चैत्र ३, ०४:५७ खबर संवाददाता

काठमाडौंः उपराष्ट्रपतिमा रामसहाय प्रसाद यादव निर्वाचित भएका छन्।

शुक्रबार भएको निर्वाचनमा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार यादव ३० हजार ३२८ मतभारका साथ उपराष्ट्रपति निर्वाचित भएका हुन्। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलको समर्थन पाएका उनलाई ३२९ प्रदेशसभा सदस्य र १८४ संघीय सांसदले मत दिएका थिए।

एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई १६९ प्रदेशसभा सदस्य र १०४ संघीय सांसदले मत दिएका छन्। जनमत पार्टीकी उम्मेदवार ममता झालाई १५ प्रदेशसभा सदस्य र २३ संघीय सांसदले मत दिए। उम्मेदवारी फिर्ताको घोषणा गरेकी प्रमिला यादवले एक प्रदेशसभा सदस्यको मत पाएका छन्। 
 

कमेन्ट लोड गर्नुस