राष्ट्रपति पौडेलले शीतल निवासमा बोलाए सांसदहरूलाई चियापानमा
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सांसदहरूका लागि आज चियापानको आयोजनागरी शीतल निवासमा बोलाएका छन्। पौडेलले बिहान ९ बजे आइपुग्ने गरी संघ र प्रदेशसभाका सदस्यहरूलाई चियापानका लागि बोलाएका सांसद रामहरि खतिवडाले जानकारी दिए।
२५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएका ७८ वर्षीय पौडेलले सोमवार कायम मुकायम प्रधानन्यायाधीशबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । सांसद्लाई धन्यवाद दिन पौडेलले चियापान तथा भेटघाटको कार्यक्रम राखेका हुन् ।