सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको खप्तड क्याम्पसमा अनेरास्ववियूका अवस्थी विजयी

२०७९ चैत्र ५, ०९:०० खबर संवाददाता

कैलालीः कैलालीको मसुरियामा रहेको खप्तड बहुमुखी क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार विजयी भएकाछन्।

नेकपा एमाले निकट अनेरास्ववियुका उम्मेदवार पुष्कर अवस्थीले अध्यक्षमा ११७ मत ल्याइ विजयी हुदा उनका प्रतिद्घन्द्घी नेवि संघका धिरज भाटले ६८ मत ल्याएका छन्। यस्तै सचिवमा प्रेम जोशी ९९ मत ल्याएर विजयी हुदा उनका प्रतिद्वन्दी  राजेश विश्वकर्माले ९० मत प्राप्त गरे।

कोषाध्यक्षमा  संजु चौधरीले १०५ सहित विजयी भए भने उनका प्रतिद्वन्दी अर्चना वखरिया थारुले  ७२ मत ल्याइन्। सदस्यमा मन्जु सार्की, रन्जित चौधरी, मन्जु महत, विक्रम बोहरा र  प्रिती कुमारी बुढामगर विजयी भएकी छिन्।

No description available.

कमेन्ट लोड गर्नुस