सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्ववियु निर्वाचन अपडेटः पहिलोमा अनेरास्ववियु, नेविसंघ दोस्रोमा

२०७९ चैत्र ७, ०५:४६ खबर संवाददाता

काठमाडौँः त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका २४३ क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ।

हालसम्म नेकपा एमाले निकट अनेरास्ववियु पहिलो स्थानमा देखिएको छ। अनेरास्ववियु १०६ वटा कलेजमा विजयी भएर पहिलो स्थानमा देखिएको हो। त्यस्तै अनेरास्ववियुलाई पछ्याउँदै नेपाली काँग्रेस निकट नेविसंघ दोस्रो स्थानमा छ। उसले हालसम्म ७९ कलेजमा निर्वाचन जितेको छ भने माओवादि केन्द्र निकट त्यस्तै अनेरास्ववियु क्रान्तिकारीले ४७ कलेजमा निर्वाचन जितेको छ।

११ वटा कलेजमा अनेरास्ववियू, विप्लव समूह लगायतले चुनाव जितेका छन्। तालाबन्दी भएर हालसम्म ६५ कलेजमा निर्वाचन प्रक्रिया रोकिएको छ भने ४६ क्याम्पसमा प्रक्रिया नै सुरू भएको छैन। अनेरास्ववियूले ५ वटा कलेजमा निर्वाचन जितेको छ। त्यसतै विप्लव निकट विद्यार्थी संगठनले ४ र जसपा तथा नागरिक उन्मुक्ति पार्टीको विद्यार्थी संगठनहरूले १÷१ कलेजमा निर्वाचन जितेका छन्।

निर्वाचन रोकिएका कलेजहरूमा चैत १२ गते अगावै निर्वाचन गराउन त्रिविले निर्देशन दिइसकेको छ। विशेषगरी रोकिएका आंगिक क्याम्पसहरूमा त्रिविले अनिवार्य रूपमा निर्वाचन गराउन भनेको हो। 
 

कमेन्ट लोड गर्नुस