दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा मतदान जारी
कैलालीः सुदूरपश्चिम विश्वविद्यालय (सुप) अन्तरगतका विद्यालयहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ।
सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस रहेको कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा पनि मतदान जारी रहेको छ। आज बिहान ८ः१५ बजे देखि मतदान शुरुभएको हो। मतदानको समय बेलुकी ४ बजे सम्मको समय तोकिएको छ।मतदान स्थलमा मतदाता बिद्यार्थीलाई चिन्न र फर्जि मत नजाउन भन्नका लागि कार्ड स्क्यानिङ पनि राखिएको छ।
दुर्गालक्ष्मीमा स्ववियु निर्वाचनका लागि ५ जना सभापतिमा उम्मेदवार छन्। सुदूरपश्चिम विश्वविद्यालय शैक्षिक र संगठन नियमावली अनुसार स्ववियु दुर्गालक्ष्मीमा १ जना सभापति, १ जना सचिव, १ जना कोषाध्यक्ष र ८ जना सदस्य प्रत्यक्षबाट निर्वाचित हुने छन।