दार्चुलाका चार क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारी,एकमा नेविसघं
दार्चुलाः दार्चुला जिल्लामा त्रिभुवन विश्व विद्यालय अन्तरगतका पाँचवटा क्याम्पस मध्ये चारमा निर्वाचन संम्पन्न भएको छ।
जसमा अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) को संयुक्त प्यानलले तीन र नेविसघंले एक क्याम्पसमा विजयी हासिल गरेको छ। अनेरास्ववियुको तर्फबाट शङ्करपुर क्याम्पस पस्तीको स्ववियु सभापतिमा कविता अवस्थी र कृष्ण स्नातक क्याम्पस लालीमा हेमन्ती जोशी विजयी भएका छन्। अनेरास्ववियु (क्रान्तिकारी) को तर्फबाट लटिनाथ क्याम्पस मार्माको सभापतिमा जगदीश कोट्टारी विजयी भएका हुन्।
राष्ट्रिय क्याम्पस दत्तुमा नेविसङ्घका सरोज ग्वाइला स्ववियु सभापतिमा विजयी भएका छन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गतकै अपीनाम्पा क्याम्पस हुतीमा भने निर्वाचन स्थगित भएको छ।