सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक उन्मुक्तिकी अध्यक्ष श्रेष्ठ मन्त्री बन्दै,अरु कोको बन्दैछन मन्त्री?

२०७९ चैत्र १७, ०३:०९ खबर संवाददाता

धनगढीः सत्तागठबन्धनमा आबद्ध दलले सरकारमा जाने मन्त्रीहरू टुंग्याएका छन्। आजै मन्त्रिपरिषद् विस्तार गरी शपथग्रहण गराउने जनाइएको छ। तर, गठबन्धनको सबैभन्दा ठूलो पार्टी कांग्रेसले नै सबै मन्त्रीको नाम टुंग्याउन सकेको छैन। नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्ने भएकी हुन्।

पार्टीले पाएको एक मन्त्रालयमा अध्यक्ष श्रेष्ठलाई नै पठाउने निर्णय भएको सांसद गंगाराम चौधरीले  बताए। उनका अनुसार रञ्जिता भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बन्ने टुंगो लागेको छ। प्रतिनिधि सभामा नागरिक उन्मुक्तिबाट चार जना सांसद छन्। 

अहिलेसम्म नाम टुंगो लागेका मन्त्रीहरू काँग्रेसबा पूर्ण बहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रकाशशरण महत अर्थमन्त्री, रमेश रिजाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, सीता गुरुङ सहरी विकासमन्त्री बन्नेछन्।

त्यस्तै नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री, शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधिमन्त्री, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बन्दैछन्।

नेकपा एकीकृत समाजवादीबाट बेदुराम भुसाल कृषि तथा पशुपक्षी विकासमन्त्री र प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्रीका लागि टुंगो लागेको छ। त्यस्तै जसपाबाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्दैछन भने लोसपाबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्दैछन्। नेसपाबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र जनमतबाट अब्दुल खान खानेपानी तथा सरसफामन्त्री बन्दैछन्। बाँकी मन्त्रालयको टुंगो लागेको छैन्।

कमेन्ट लोड गर्नुस