चितवन–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दै
चितवन: चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा सोमबार बिहान ८ बजे सर्वदलीय बैठक बस्दैछ। बिहान ८ बजे सर्वदलीय बैठक आह्वान गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए।
सर्वदलीय बैठकमा हुने सहमतिपछि मतगणना सुरु हुने बताइएको छ। यसअघि आइतबार बस्ने भनिएको सर्वदलीय बैठक विवादका कारण बस्न सकेको थिएन। चितवन २ मा कांग्रेसले रास्वपाका उम्मेदवारमाथि परेको उजुरीबारे निर्वाचन आयोगले निर्णय गरेपछि मात्रै मतगणना सुरु हुन सक्ने अडान लिँदै आएको छ। चिवतन २ मा आइतबार सम्पन्न उपनिर्वाचनमा कुल २२ जना उम्मेदवार छन्।