चितवन को मतगणना १ बजेपछि सुरु हुने
चितवन: चितवन–२ को मतगणना (आज) सोमवार दिउँसो १ बजेबाट सुरू हुने भएको। सर्वदलीय र सर्वपक्षीय बैठकले सोमबार बिहान यस्तो निर्णय गरेको बैठकमा सहभागी चितवन जिल्ला निर्वाचन कार्यालयका प्रमुख भीमसेन कार्कीले बताए।
आइतबार भएको मतदानमा चितवन–२ मा ७८ हजार २७७ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रारम्भिक विवरण दिएको छ। चितवन–२ मा रास्वपाका रवि लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने लगायतका उम्मेदवारबीच कडा प्रतिस्पर्धामा छन्।