सुदूर नेपाललाई विश्वसँग जोड्दै

डिल्ली चौधरीद्धरा लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस

२०८० वैशाख १४, ०२:०६ खबर संवाददाता

डिल्ली चौधरीले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। प्रदेश प्रमुख अमिक शेरचनसमक्ष कांग्रेस संसदीय दलका नेता चौधरीले बिहीवार आफ्नो दाबी पेश गरेका हुन्। 

उनको समर्थनमा ८ दलका ५३ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेका छन। उनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्रीमा आफ्नो दाबी पेश गरेका हुन्। चौधरीलाई कांग्रेससहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन रहेको छ। 

एमालेबाट मुख्यमन्त्री बनेका लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत पाउन नसकेपछि केन्द्रीय गठबन्धनअनुसार चौधरी मुख्यमन्त्री बन्न लागेका हुन्।  प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २  सरकार गठनको लागि दिएको आज अपराह्न ४ बजेको समयसीमाअनुसार दाबी पेश भएको हो।
 

कमेन्ट लोड गर्नुस