सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रचण्डलाई भेट्न पुगे रवि

२०८० वैशाख १७, १०:२७ खबर संवाददाता

काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने बिच भेटवार्ता भएको छ।  

आइतवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा लामिछाने र प्रधानमन्त्री बिच भेटवार्ता भएको हो। 
उपनिर्वाचनबाट पुनःप्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद लामिछानेले सरकारलाई दिएको समर्थन र अबको पार्टीको निर्णयका बारेमा छलफल भएको सचिवालयले जनाएको छ। भेटमा प्रधानमन्त्री प्रचण्डले लामिछानेलाई बधाई समेत दिएका थिए।

कमेन्ट लोड गर्नुस