सुदूर नेपाललाई विश्वसँग जोड्दै

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

२०८० वैशाख १९, ०८:१६ खबर संवाददाता

काठमाडौं: लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज मंगलवार विश्वासको मत लिँदै छन्। गत बिहीबार सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरी मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 

शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहणपछि बसेको मन्त्रिपरिषद् बैठकले मंगलवार विश्वासको मत लिने निर्णय गरेको थियो। प्रदेशसभाको बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ। चौधरी नेतृत्वको सरकारमा ३ जना बिना विभागीय मन्त्री छन्।

अहिले बिना विभागीय मन्त्रीका रूपमा माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी छन्। प्रदेशमा नेपाली कांग्रेस र माओवादी सहित सत्तारुढ गठबन्धनमा ८ दल सहभागी छन्। गठबन्धनमा रहेका सबैजसो दल सरकारमा सहभागी हुन इच्छुक रहेकाले मन्त्रालयको सङ्ख्या थपेर भए पनि भागबन्डा मिलाउनुपर्ने बाध्यता छ। 

कमेन्ट लोड गर्नुस