सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसबाट आचार्य मन्त्री नियुक्त 

२०८० वैशाख २४, १०:२६ खबर संवाददाता

काठमाडौः प्रधानमन्त्री पुष्पकमल दाहालले  नेपाली काँग्रेसका नेता सुरेन्द्रराज आचार्यलाई मन्त्री नियुक्त गरेका छन्।

प्रधानमन्त्री दाहालले आचार्यलाई आइतबार मन्त्री नियुक्त गरेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले उनको आजै साढे १२ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथग्रहण कार्यक्रम रहेको बताएका छन्। 

आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी तोकिएको छ। उक्त मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवलाई खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ।

नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु( २ बाट विजयी भएका थिए। यसअघि बिहीबार कांग्रेसबाटै धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बु मन्त्री नियुक्त भएका थिए।
 

कमेन्ट लोड गर्नुस