सुदूर नेपाललाई विश्वसँग जोड्दै

नायक दीपकराज गिरी र विप्लवबिच भेटवार्ता

२०८० वैशाख २४, ०५:४३ खबर संवाददाता

धनगढीः अभिनेता तथा फिल्म निर्माता दीपकराज गिरीले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसँग भेटवार्ता गरेका छन्।

विप्लवले बोलाएपछि अभिनेता गिरी नेकपाको कार्यालय बुद्धनगर पुगेका थिए। आधा घण्टा भएको भेटमा उनीहरुले राजनीति र फिल्मबारे गफगाफ गरे। आफूहरुबीच पार्टीको सिद्धान्त र विचारभन्दा पनि अहिलेको समसामयिक राजनीतिबारे चर्चा भएको गिरीले बताए। ‘उहाँले कलाकारले अहिलेको राजनीतिलाई कसरी लिएका छन् र विद्यमान समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर बुझ्न खोज्नुभएको रहेछ,’ गिरीले भने।

‘म पनि राजनीतिमा रुचि राख्ने व्यक्ति भएको र राजनीतिक प्रणाली र आचरण सुधार्नुप¥यो भनेर सुझाव दिएँ,’ गिरीले भने, ‘गफगाफका लागि बोलाएपछि म एक्लै गएको हुँ।’ विप्लवसँगको भेटपछि तस्वीर सेयर गर्दै दीपकले गैरराजनीतिक भेटघाट तर कुराकानीको केन्द्रबिन्दुमा देश भएको स्टाटस समेत लेखेका छन्। 

कमेन्ट लोड गर्नुस