संवैधानिक परिषद्को बैठक आज बस्दै
काठमाडौं: संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संवैधानिक परिषद्को बैठक बोलाएका छन्। बैठक साँझ ६ बजेका लागि तय गरिएको छ। शनिबार विपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले ४८ घण्टाको समय राखेर परिषद्को बैठक बोलाएका हुन्।
बैठकमा प्रधानन्यायाधीशका सम्बन्धमा परिषद्मा सहमति र संवैधानिक व्यवस्था अनुसार सर्वसम्मतिबाट सिफारिसको विषय बैठकको कार्यसूची रहेको छ। यसअघि वैशाख ६ गते राखिएको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश सिफारिसका सम्बन्धमा निर्णय हुन सकेको थिएन। करिब १५ महिनादेखि खाली रहेको प्रधानन्यायाधीशको पदपूर्तिका लागि प्रधानमन्त्री प्रचण्डले सक्रियता देखाउँदै आएका छन्।