सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा काँग्रेस पार्टी रुपान्तरण संयोजकमा खड्का

२०८० वैशाख २५, ०१:०२ खबर संवाददाता

धनगढीः उपनिर्वाचनको परिणामपछि नेपाली कांग्रेसमा चलेको रुपान्तरणको बहसलाई तीव्रता दिँदै कांग्रेसका युवा नेताहरूले देशव्यापी पार्टी रुपान्तरण अभियान थालेका छन्।

रुपान्तरण अभियानअन्तर्गत गत बिहीबार काठमाडौंमा बृहत् भेला गरेका नेताहरूले आइतबार सातै प्रदेशमा रुपान्तरण अभियानको संयोजक तोकेका छन्। अभियानले सातै प्रदेशमा कांग्रेसमा रुपान्तरण र सुधारका लागि छलफल, अन्तरक्रिया र सुझाव संकलन गर्ने नेताहरूले बताएका छन्।

शनिबार र आइतबार निरन्तर छलफलपछि नेताहरूले सात प्रदेशमा संयोजक तोकेका हुन्। सो अभियानका लागि सुदूरपश्चिममा भरत खड्कालाई संयोजक तोकिएको छ।
 

कमेन्ट लोड गर्नुस