अधिकारीले गरिन एक विद्यालयका विद्यार्थीलाई पठनपाठनका सामाग्री वितरण
२०८० वैशाख २६, ०४:०३
धनगढीः कैलाली जिल्लाको एरिष्टो इङ्गलिस स्कुलकी संचालिका शान्ति अधिकारीले बालबालिकालाई स्टेसनरी सामान सहयोग गरेकी छन्।
जिल्लाको धनगढी उपमहानगरपालिका – १२ जुगेडामा रहेको बेहडाबाबा आधारभूत विद्यालयका बालिबालिकालाई अधिकारीले स्टेसनरीका सामान सहयोग गरेकि हुन् उनले बेहडाबाबामा नर्सरीमा अध्ययनरत करिब ५० जना बालबालिकालाई मङ्गलबार किताव, कापी, कलम हस्तान्तरण गरेको विद्यालयले जनाएको छ।
कमेन्ट लोड गर्नुस