पार्टी एकताका लागि माधव नेपाल र वामदेवबीच भेटवार्ता
धनगढीः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवर्ता भएको छ।
मंगलबार एकीकृत समाजवादीको केन्दीय कार्यालयमा अध्यक्षद्वय नेपाल र गौतमबीच भेटवार्ता भएको हो। भेटवार्तामा एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष नेपालसँगै महासचिव घनश्याम भुसाल, उपमहासचिव गंगालाल तुलाधार, नेता जीवनराम श्रेष्ठ सहभागी छन्।
नेताहरुबीच पार्टी एकताका विषयमा कुराकानी भएको समाजवादीका नेता जीवनराम श्रेष्ठले बताए।