सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीम रावललाई जिम्मेवारी दिनेबारे एमाले नेतृत्व मौन

२०८० वैशाख २७, ०९:२८ खबर संवाददाता

धनगढीः  नेकपा एमालेले तत्कालीन उपाध्यक्ष भीम रावललाई पार्टीको जिम्मेवारी दिने तयारी गरेको भए पनि अहिलेसम्म त्यसको कुनै प्रकृया अघि बढेको छैन।

गत चैतमा एक पटक रावलसँग कुराकानी भए पनि त्यसपछि कुनै पनि प्रकारको सम्पर्क भएको छैन। केन्द्रीय कमिटीको बैठक नजिक आउँदै गर्दा रावललाई जिम्मेवारी दिन बनेको कार्यदल नै बेपत्ता भएको छ। केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ। पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बैशाख २८ गते बिहीबारबाट बस्ने केन्द्रीय कमिटीको बैठकको एजेण्डा तय गरेको छ।

बैठकमा राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीबाट प्रस्तुत, केन्द्रीय कमिटीको चौथौ बैठकपछिको निर्णय अनुमोदन, आयोगका प्रमुखहरुको सम्बोधन, मिसन ग्रासरुटको समीक्षापछि छलफलमा जाने उनले जानकारी दिए। तर भीम रावलको विषयमा भने कार्यदलको काम सकिएपछि मात्रै निर्णय हुने बताएका छन्। ‘कार्यदलको काम सकिएपछि निर्णय हुनेछ, अहिले कार्यदलले काम गर्दैछ’, प्रचार विभाग प्रमुख गुरुङले भने।

भीम रावलसँग वार्ता गर्न एमाले उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा लेखराज भट्ट र कर्ण थापा सहितको टोली गठन भएको छ। सो टोलीले एक पटक वार्ता गरिसकेको छ।

कमेन्ट लोड गर्नुस