सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसले खाणलाई कारबाही नगर्ने

२०८० वैशाख २८, ०१:१६ खबर संवाददाता

काठमाडौं : बुधवार पक्राउ परेका नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई पार्टीले कारबाही नगर्ने धएबमे छ।

प्रहरी अनुसन्धानको परिणाम आएपछि मात्रै पार्टीले कारबाही गर्ने–नगर्ने भन्ने विषयमा निर्णय गर्ने भएको हो। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधवार बसेको पदाधिकारी बैठकले तत्काल कुनै कारबाही नगर्ने निर्णय गरेको छ। काँग्रेसले अनुसन्धान निष्पक्ष ढङ्गबाट अनुसन्धान होस भन्ने चाहाना रहेको बताएको छ। 

अनुसन्धानको परिणाम नआउँदासम्म नेता खाण आरोपित मात्रै भएकाले कारबाहीबारे कुनै निर्णय नभएको काँग्रेसको दाबी छ। पार्टीका पदाधिकारी र पूर्व पदाधिकारीको बैठक बिहीवार पुनः बोलाइएको छ।

अनुसन्धानका क्रममा प्रहरीले फेला पारेको एक अडियो वार्तामा पीडितले खाणको घरमा पुगेर ६ करोड रुपियाँ खाणपत्नी मञ्जुलाई बुझाएको बताएका छन्। प्रहरी हिरासतमा रहेका पूर्वगृहसचिव टेकनारायण पाण्डेले खाण र केसीले रकम लिएको भन्ने बयान दिएपछि प्रहरीले लेनदेनका अन्य प्रमाण फेला पारेको जनाएको छ। सोही प्रकरणमा जोडिएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन्।

तत्कालीन गृहमन्त्री तथा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई तथा रायमाझीका छोरा सन्दीपलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान गरिरहेको छ।
 

कमेन्ट लोड गर्नुस