राप्रपाको केन्द्रीय समितिको पूर्ण बैठक आज
कठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज सोमबारदेखि केन्द्रीय समितिको पूर्ण बैठक बस्दै छ।
३ जेठसम्म केन्द्रीय समितिको पूर्ण बैठक कठमाडौंको धूम्रबाराहीमा बस्ने भएको हो। बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति’दयगत छलफल गरिने नेता राजाराम श्रेष्ठले बताए।
अध्यक्ष राजेन्द्र लिङ्देनले भावि कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन तथा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीतिसम्बन्धी प्रतिवेदन प्रस्तुत गरे। सचिवालयसम्बन्धी र आर्थिक प्रतिवेदन पनि पेस गरिनेछ। बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राख्नेछन्।
पार्टीको कार्ययोजनाको समीक्षा गरी आगामी कार्यदिशा तय गरिनेछ। गत साउनमा सम्पन्न पूर्ण बैठक करिब १० महिनापछि बस्न लागेको बैठकको तयारी सबै पूरा भएको जनाइएको छ। यही वैशाख ३० र ३१ गते बस्ने गरी मिति तय भएको बैठक थप तयारी गर्नुपर्ने भएकाले जेठमा सारिएको थियो।