सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय युवा सङ्घ नेपालद्वारा जेहनदार तथा विपन्न बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग

२०८० जेठ १, ०४:१५ खबर संवाददाता

धनगढीः  नेकपा एमाले सम्बद्घ युवा सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले कैलालीको घोडाघोडी नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयमा अध्ययनरत जेहनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेको छ।

राष्ट्रिय युवा सङ्घ नेपालको ३४ औँ स्थापना दिवसको अवसर पारेर जेहनदार तथा विपन्न विद्यार्थीहरूलाई सोमबार शैक्षिक सामाग्री वितरण गरेको हो। घोडाघोडी नगरपालिका भित्र रहेका विभिन्न सामुदायिक विद्यालयमा पुगेर संयुक्त रुपमा जेहनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामाग्री कापी, कलम, पेन्सिल लगाएतका सामाग्री वितरण गरेको हो।

शैक्षिक सामाग्री वितरणबाट जेहनदार तथा विपन्न विद्यार्थीहरू केहि सहजहोस् भन्ने उद्देश्यका साथ सामाग्रीहरू वितरण गरीएको राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रिय सदस्य शिबराजचन्द्र सोराडीले बताए। करिब २ सय जना जेहनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरीएको सोराडीले बताए।

विद्यालयमा आएर जेहनदार तथा विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेकोमा राष्ट्रिय युवा सङ्घ नेपाललाई विद्यालय परिवारले धन्यावाद दिएको छ।
 

कमेन्ट लोड गर्नुस