नेकपा एमालेका पार्टी सचिवसमेत रहेका सांसद टोपबहादुर रायमाझी निलम्बित
धनगढीः सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ परेको जानकारी प्रतिनिधिसभालाई गराएका छन्।
आइतवार बुढानिलकण्ठस्थित आफन्तको निवासवाट पक्राउ परी सोह्रखुट्टे प्रहरी हिरासतमा रहेका रायमाझीका बारेमा प्रहरीले आज संसद सचिवालयलाई औपचारिक जानकारी दिएको थियो। सो जानकारीपछि सोमबार सभामुख घिमिरले उनी पक्राउ परेको संसद बैठकलाई जानकारी गराएका हुन्।
सभामुखले सो जानकारी दिएसँगै सांसद रायमाझी निलम्बनमा परेका छन्। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी ११ दिन देखी फरार रहेका थिए। उनलाई हिजो मात्रै पक्राउ गरिएको हो। आजै जिल्ला अदालत काठमाडौंका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीमाथि अनुसन्धान गर्न ३ दिनको समय पनि दिइसकेको छ।