सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेसका पूर्व सांसद शेर्पाले गरे प्रहरीसमक्ष आत्मसमर्पण

२०८० जेठ १, ०८:४१ खबर संवाददाता

धनगढीः  नेपाली कांग्रेसका पूर्व सांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहमा संलग्न रहेको आरोपमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा शेर्पाले आज केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) मा पुगेर आत्मसमर्पण गरेका हुन्। पक्राउ पुर्जी जारी हुनुअघि देखिनै फरार रहेका शेर्पाले आज प्रहरीसमक्ष आफैंले आत्मसमर्पण गरेको प्रहरीको भनाइ छ।

उनीविरुद्ध गत वैशाख ३१ गते पक्राउ पुर्जी जारी भएको थियो।
 

कमेन्ट लोड गर्नुस