सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशम चौधरीलाई सर्वोच्चोबाट पनि जन्म कैदकै फैसला

२०८० जेठ २, ०५:३९ खबर संवाददाता

धनगढीः रेशम चौधरीको उच्च अदालत दीपायलको फैसला सर्वोच्च अदालतले पनि सदर गरेको छ। चौधरीको टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने फैसला गरिएको हो। 

मंगलवार न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको छ। अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर पुग्न सक्दैन, इजलासले भनेको छ।  इजलासले प्रतिवादीहरू सीताराम चौधरी र गंगाराम चौधरीलाई आरोपित कसुरबाट सफाइ दिएको छ। सीताराम र गंगारामलाई  उच्च अदालत दीपायलले ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद सजाय सुनाएको थियो। 

अर्का प्रतिवादी लक्ष्मण थारूलाई भने उच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएको थियो। लक्ष्मण सजाय घटाएर सर्वोच्चले तीन वर्ष बनाइदिएको छ।  

संविधान जारी हुनुभन्दा अघि २०७२ भदौ ७ मा टीकापुर हिंसा भड्किएको थियो। एक नाबालकसहित ८ जना प्रहरीको ज्यान गएको थियो। उक्त हिंसात्मक झडपको नेतृत्व गरेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएका थिए। अदालतको फैसलापछि पूर्वसांसद समेत रहेका चौधरी अहिले डिल्लीबजार कारागारमा छन्। 

कमेन्ट लोड गर्नुस