सुदूर नेपाललाई विश्वसँग जोड्दै

रेशम चौधरीलाई रिहा गर्ने प्रयासमा छौँः प्रचण्ड

२०८० जेठ ४, ०३:०९ खबर संवाददाता

धनगढीः  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले कारागरमा रहेका रेशम चौधरीलाई रिहा गर्ने प्रयासमा रहेको बताएका छन्। उनले चौधरीको पक्षमा सरकार रहेको बताएका हुन्। अध्यादेश ल्याएर उनलाई छुटाउन प्रयास गरेको प्रचण्डले बताए।

प्रधानमन्त्री दाहालले भने, ‘अहिले सर्वोच्चले एउटा टुंगो दिएको छ। अब यो विषयलाई कसरी समाधान गर्ने विषयमा टुंगोमा र्पुयाउने हामीले छलफल गरिरहेका छौँ।’ 

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले राजनीतिक आन्दोलनमा बन्दी जीवन बिताइरहेको रिहाको विधेयक संसद्मा पेस भइसकेको र यो विधेयक पास हुने आफूले विश्वास लिएको बताए।
चौधरीको मात्र नभएर अन्य राजनीतिक बन्दीहरूको बारेमासमेत  गम्भीर रहेको उनले बताए।
 

कमेन्ट लोड गर्नुस