नागरिक उन्मुक्ति र सरकारबिच आज निर्णायक वार्ता
धनगढीः नागरिक उन्मुक्ति पार्टी र सरकारबिच आज निर्णायक वार्ता हुने भएको छ। पार्टीका प्रवक्ता दामोदर भण्डितले शुक्रवार सरकारसँग निर्णायक वार्ताको तयारी रहेको बताएका छन्।
पार्टीले शनिवारदेखि नेपाल बन्दको घोषणा गरेको थियो। तर शुक्रवार सरकारसँग वार्तापछि मात्र नेपाल बन्द गर्ने वा नगर्ने विषयमा जानकारी दिने पण्डितले बताए। उनले भने, ‘आज वार्ता छ। सरकारसँग वार्तापछि मात्र बन्द गर्ने वा नगर्ने विषयमा जानकारी दिन्छौ। साँझ ६ बजे विज्ञप्ति आउछ।’
नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेशम चौधरीलाई सर्वोच्च अदालतले पनि जिल्ला र उच्च अदालतको पैसलालाई सदर गर्दै जन्मकैदको फैसला सुनाएको छ। नागरिक उन्मुक्ति पार्टीले चौधरीको रिहाइको माग गर्दै आएको छ। रेशम चौधरीको रिहाइको माग गर्दै कैलालीमा दैनिक राँके जुलुस हुँदै आएको छ। चौधरीलाई रिहाइ गर्ने सर्तमा नागरिक उन्मुक्ति संघ र प्रदेश सरकारमा समेत सहभागि छ।