मधेस प्रदेशमा आलोपालो सरकार चलाउने सहमति
धनगढीः मधेस प्रदेश सरकार आलोपालो सञ्चालन गर्ने सहमति भएको छ।
प्रधानमन्त्री निवासका बालुवाटारमा शुक्रबार बसेको प्रदेश पदाधिकारीसहित शीर्ष नेताहरूको बैठकले प्रदेश सरकार आलोपालो सञ्चालन गर्ने निर्णय गरेको छ। कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले आलोपालो सरकार सञ्चालन गर्ने, अहिले जसपाको सरकारलाई निरन्तरता दिने सहमति भएको बताए।
त्यसपश्चात् कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीले सरकारको नेतृत्व पाउने सम्भावना रहेको उनले जानकारी दिए। ‘अहिले जसपालाई निरन्तरता दिने र केही समय पश्चात् कांग्रेस र लोसपाले सरकारको नेतृत्व पाउने सहमति भएको छ,’ यादवले भने, ‘कति समय र कसरी हुने भन्ने कुरा अहिले खुलाउन मिल्दैन। केन्द्रले निर्णय गर्ने सहमति भएको छ।’