सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठबन्धनको बैठक मुख्यमन्त्री कार्यालयमा, मन्त्रालयका लागि रस्साकसी

२०८० जेठ ५, ०५:०६ खबर संवाददाता

धनगढीः  सरकार विस्तार गर्न गठबन्धन दलको बैठक मुख्यमन्त्री कार्यालयमा  बसेको छ।

अहिले मुख्यमन्त्री कार्यालयमा गठबन्धन दलको बैठक बसिरहेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ। सरकार विस्तार गर्न बसेको बैठकले मन्त्रालय भागबन्डाको टुङ्गो लगाउने छ। गठबन्धनमा चार मन्त्रालयको भागबन्डा मिलाउने विषयमा अहिले छलफल चलिरहेको छ। सत्ता गठबन्धनमा मन्त्रालय लिने विषयमा कुरो मिलेको छैन। नागरिक उन्मुक्तिले सामाजिक विकास र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा दाबी गरेको छ।

यस्तै, नेकपा माओवादी केन्द्रले पनि सामाजिक विकास मन्त्रालयमा दाबी गरेकाले भागबन्डा मिलाउन बैठक बसिरहेको हो। सत्ता गठबन्धनमा मन्त्रालय लिने विषयमा कुरो मिलेको छैन भने दलहरू भित्र पनि मन्त्री हुन प्रदेश सभा सदस्यहरू बिच हानथाप चलेको छ। जसका कारण सुदूरपश्चिम सरकार गठन भएको एक सय दिन पूरा हुँदा पनि सरकारले पूर्णता पाएको छैन।

मुख्यमन्त्री कमलबहादुर शाहले भने आजै सरकारले पूर्णता पाउने सम्भावना रहेको विहान ९ बजे आयोजित पत्रकार सम्मेलनमा बताएका थिए।
 

कमेन्ट लोड गर्नुस