सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिक उन्मुक्तिले लियो बन्द फिर्ता

२०८० जेठ ५, ०७:०८ खबर संवाददाता

धनगढीः नागरिक उन्मुक्ति पार्टीले भोलि (शनिबारदेखि १० गतेसम्म) को नेपाल बन्दको कार्यक्रम स्थगित गरेको छ। नागरिक उन्मुक्तिले जेठ २ गते विज्ञप्ति जारी गर्दै चार दिन नेपाल बन्दको आह्वान गरेको थियो। तर, प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमै लाल आयोग प्रतिवेदन सार्वजनिक गर्ने बताएपछि बन्द फिर्ता गरिएको नगारिक उन्मुक्तिले जनाएको छ।

फौजदारी विद्येयक संसदमा दर्ता भइसकेको र अन्य राजबन्दीको रिहाई कानून संशोधन गरेर गर्ने  प्रतिबद्धता प्रधानमन्त्रीले जाहेर गरेपछि नेपाल बन्द गर्ने निर्णय स्थगित गरिएको पार्टीले जनाएको छ। नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितद्धारा जारी विज्ञप्तिमा सरकार पक्षसँग भएको सम्झौता सकारात्मक भएको महसुस नागरिक उन्मुक्ति पार्टीलाई भएकोले यसअघि घोषणा गरिएको नेपाल बन्द कार्यक्रम अर्को सूचना नआउँदासम्म स्थगित गरिएको छ।

May be an image of text

कमेन्ट लोड गर्नुस