८ करोड २५ लाख रुपैयाँ ठगीकोआरोपमा कांग्रेस नेता पक्राउ
काठमाडौँः करोडौं ठगी गरेको आरोपमा कांग्रेस नेता पक्राउ परेका छन्।
विभिन्न व्यक्तिलाई प्रलोभन देखाई ८ करोड २५ लाख ठगेको आरोपमा कांग्रेस महासमिति सदस्य कृष्णमुरारी गुरुङ पक्राउ परेका हुन्। जिल्ला प्रहरी परिसर काठमाडौंले केही दिनअघि गुरुङलाई ठगी मुद्दामा पक्राउ गरे पनि शुक्रबार मात्र घटना सार्वजनिक गरेको हो। पक्राउ गरेर जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको परीसरका प्रवक्ता एसपी सिताराम रिजालले बताए।
सिन्धुलीको गोलन्जर गाउँपालिका वडा नम्बर ४ स्थायी घर भएका गुरुङले आफ्नो व्यवहार एवं व्यापार मिलाउन भन्दै विभिन्न व्यक्तिलाई ठगी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। प्रहरीले उनलाई ठगी, आपराधिक लाभ तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ।