सुदूर नेपाललाई विश्वसँग जोड्दै

आफुलाई कमजोर ठाने सरकार ढाल्नेः माधव नेपालको चेतावनी 

२०८० जेठ ६, ०५:१२ खबर संवाददाता

काठमाडौँः  पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद्मा सिट संख्या कम भएको पार्टी भनेर आफूहरुलाई कम नआक्न चेतावनी दिएका छन्।

अध्यक्ष नेपालले आफूहरुले चाहेमा सरकार ढाल्न सक्ने चेतावनी समेत दिएकाछन्। शनिबार सिन्धुलीमाडीमा एकीकृत समाजवादी सिन्धुलीको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले थोरै सिट भनेर नहेप्न सत्ता गठबन्धनलाई चेतावनी दिएका हुन्। प्रतिनिधिसभा र राष्ट्रिय सभामा आफ्नो सिट संख्या जोड्दा चौथो शक्ति रहेको उनको दाबी छ।

आफ्नो पार्टी स्थापना भएको दुई वर्ष मात्र भएकाले आकार सानो देखिए पनि देशभर संगठन फैलँदै गएको उनले दाबी गरे। राष्ट्रिय पार्टी बन्न नसक्नुमा आफूहरूकै कमजोरी रहेको उनले स्वीकार गरे। धेरै सिट हुनेहरुको सरकार प्रदेससभामा भकाभक ढलेको भन्दै अध्यक्ष नेपालले नेकपा एमालेप्रति कटाक्ष समेत गरेका थिए।
 

कमेन्ट लोड गर्नुस