सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमको नाम खप्तड–थारु प्रदेश राख्न माग

२०८० जेठ ६, ०६:५६ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशको नाम परिवर्तन गर्न माग गरिएको छ।

प्रदेश सभा सदस्य लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिम प्रदेशको नाम परिवर्तन गर्न माग गरेका हुन्। उनले सुदूरपश्चिम प्रदेशको नाम खप्तड–थारु प्रदेश राख्न माग गरेका छन्। प्रदेश सभाको बैठकमा सम्बोधन गर्दै उनले भने, ‘सुदूरपश्चिम प्रदेशलाई पछाडि पारिएको छ। नामैले पछाडि परेको लाग्छ। टाढा लाग्छ। सर्वप्रथम त यो प्रदेशको नाम परिवर्तन गरिनुपर्छ। यहाँको पहिचार झल्किने किसिमले नामाकरण गर्नुपर्छ।  प्रदेश स्वायत्त हुने किसिमले पार्टीले निर्धारण गरेको छ,  प्रदेशको नाम खप्तड–थारु प्रदेश राख्नु पर्छ।’

 

कमेन्ट लोड गर्नुस