ओली आज संसदमा बोल्ने
धनगढीः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आजको प्रतनिधि सभा बैठकलाई सम्बोधन गर्दैछन्।
ओलीको सचिवालयले सरकारको नीति कार्यक्रममाथि दलको धारणा राख्न लागेको बताएको छ।
ओलीले जेठ ४ गते नै सम्बोधन गर्ने अग्रिम जानकारी गराएका थिए। गत वैशाख २८ गतेबाट सुरू भएको केन्द्रीय कमिटीको बैठकको सुरूमै बोल्दै उनले अहिले चलिरहेको नक्कली भुटानी शरणार्थी प्रकरणबारे बोल्ने बताएका थिए।
यस प्रकरणबारे सदनमा तथ्यसहित प्रस्तुत हुने उनले बताएका थिए। तर, स्वास्थ्य अनुकूल नभएपछि त्यसदिन संसदमा उपस्थित हुन नसकेको उनले बताएका थिए।