नेपाल ट्रेड युनियन काँग्रेसका निर्वाचत अधिकृत सम्पर्क विहीन
धनगढीः नेपाल ट्रेड युनियन काँग्रेस, सुदूरपश्चिम प्रदेश समितिका निर्वाचन अधिकृत सम्पर्क विहीन भएका छन्। धनगढीमा प्रदेश समितिको निर्वाचनको प्रक्रिया थालिएका बेला निर्वाचन अधिकृत अधिवक्ता उद्धवराज भट्ट सम्पर्कमा नआएका हुन्।
आइतवार बिहान ८ बजेदेखि बाँकी रहेको निर्वाचनको प्रक्रिया सुरु गर्ने सहमति भएपनि भट्ट निर्वाचन स्थलमा नआएको अध्यक्षका प्रत्याशी ज्ञानेन्द्र शाहले बताए। उनले शनिवार साँझ आइतवार बिहान ८ बजेदेखि निर्वाचनको प्रक्रिया सुरु गर्ने सहमति भएको बताए। तर आइतवार साढे ११ बजेसम्म पनि निर्वाचन अधिकृत भट्ट निर्वाचन स्थलमा आएका छैन्। उनले फोन समेत उठाएका छैनन्। सो विषयमा प्रतिकृया लिन गरिएको फोनसमेत उनले उठाएनन्।
शाह र शिद्धराज भट्ट नेपाल ट्रेड युनियन सुदूरपश्चिमको अध्यिक्षका लागि चुनावी मैदानमा छन्। उनीहरुले उम्मेदवारी दर्ताका लागि मात्र ८/८ हजार रुपैयाँ बुझाएका थिए।
नेपाल ट्रेड युनियन सुदूरपश्चिमको निर्वाचनमा एक सय ५६ जनाले मतदान गर्दैछन्।