सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुई महिनाछि पायो बागमती प्रदेश सरकारले पुर्णता

२०८० जेठ ७, ०५:०८ खबर संवाददाता

धनगढीः  दुई महिनादेखि बिस्तार हुन नसकेको बागमती प्रदेश सरकार आज विस्तार भएको छ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेसँगै नवनियुक्त ६ जना मन्त्रीहरुले आज सपथग्रहण गरेका छन्। बागमती प्रदेश प्रमुखको कार्यालयमा भएको समारोहबिच प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई सपथग्रहण गराएका हुन्।

नेपाली कांग्रेसबाट पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्री, मनिसा खड्का वन तथा वातावरण, उत्तम जोशी स्वास्थ्य मन्त्री र रामकृष्ण चित्रकार विनाविभागीय मन्त्री बनेका छन् भने नेकपा एकीकृत समाजवादीबाट डाक्टर राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी मन्त्री र लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्री भएका छन्। 

कमेन्ट लोड गर्नुस