सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपति–उपराष्ट्रपतिको चुनावमा जाँदा लिएको भत्ता फिर्ता गर्ने माओवादी नेता भाटको घोषणा

२०८० जेठ ८, ०९:२० खबर संवाददाता

कैलालीः  सुदूरपश्चिम प्रदेशसभा सदस्य ओम विक्रम भाट सरलले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको समयमा काठमाडौँ गए बापत बुझेको भत्ता रकम फिर्ता गर्ने बताएका छन्।

आज सामाजिक सञ्जाल फेसबुकमा आफूले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको समयमा बुझेको दैनिक तथा भ्रमण भत्ता फिर्ता गर्ने जनाएका हुन्। सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूले विगत पाँच वर्षदेखि गैर कानूनी रूपमा दैनिक तथा भ्रमण बुझेको विशेष रिपोर्ट प्रकाशित भएको थियो। खोज पत्रकारिता केन्द्रको सहयोगमा प्रकाशित उक्त रिपोर्ट पछि सांसद भाटले आफूले पाएको भत्ता फिर्ता गर्ने बताएका हुन्।No description available.

‘म यसै फेसबुक पोष्ट मार्फत सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छु, मैले उक्त सुविधा बापत प्राप्त गरेको रकम प्रदेश सभा कार्यालयमा फिर्ता गर्ने छु’ उनले लेखेका छन्, ‘साथै अब उप्रान्त यस्ता विषयमा सचेतता अपनाउने छु। आलोचनात्मक सुझाव सल्लाहको लागी सबैलाई हार्दिक धन्यवाद । यसरी नै हामी सबैले खबरदारी गर्न जरुरी छ। धन्यवाद ।’
 

कमेन्ट लोड गर्नुस