धनगढीमा भ्यु टावर सहितको मोडेल टाउन निर्माणको प्रक्रिया अन्तिम चरणमा
धनगढीमा सवा अर्व वढीको लगानीमा भ्युटावर सहितको मोडेल टाउन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । न्यूआईटी भेन्चरले निर्माण गर्ने मोडेल टाउन निर्माणका लागि आवश्यक तयारी गर्न एक टोली धनगढी पुगेर आज फर्किएको छ । टोलीले प्रारम्भिक अध्ययन लगायतका तयारी सकेर आज फर्किएको हो । अवको एक महिना भित्र स्थानको टुंङगो लगाउँदै माटो परिक्षण गरेर निर्माण अघि आवश्यक सवै प्रक्रिया पुरा गर्ने लक्ष्य न्यु आईटी भेन्चरले जनाएको छ । आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष भुवन भट्ट सहितका गैर आवासिय नेपालीहरुको लगानी रहेको न्युआईटी भेन्चरले धनगढीमा अत्याधुनिक सुविधायुक्त भ्यु टावर सहितको मोडेल टाउन निर्माणको प्रक्रिया अगाडी वढिरहेको छ । त्यसका लागि न्यूआईटी भेन्चरको टोली प्रारम्भिक अध्ययन सकेर सोमवार फर्किएको छ । फर्किनु अघि दिनेश खवरलाई प्रतिक्रिया दिदै न्यूआईटी भेन्चरका संस्थापक तथा सिईओ दिपक अधिकारीले स्थान छनोट गरेर माटो परिक्षणको काम वाँकी रहेपनि अन्य प्रक्रिया अन्तिम चरणमा पुगेको वताए ।