सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेता नीर शाहको नाम राष्ट्रिय सभा सदस्य निर्वाचनमा सिफारिस

२०८० पुष ११, ०६:११ खबर संवाददाता

काठमाडौंः राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि वरिष्ठ फिल्म निर्देशक तथा अभिनेता नीर शाहको नाम सिफारिस भएको छ। नेपाली कांग्रेस बागमती प्रदेश समितिमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार हुन मङ्गलवारसम्म ९० जनाले नाम टिपाएका थिए।

आज अन्तिम दिन बुधवार शाहले पनि नाम टिपाएका छन्। शाहसहित बागमती प्रदेशबाट ९१ जनाको नाम सिफारिस भएको छ। राष्ट्रिय सभाको चुनाव माघ ११ गते हुँदैछ भने पुस २३ गते उम्मेदवारी दर्ताको तालिका छ।

कमेन्ट लोड गर्नुस