सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष पोखरेल बैतडीमा 

२०८० फाल्गुन २७, ०७:४४ खबर संवाददाता

बैतडीः नेकपा  एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल बैतडी पुगेका छन्। एमाले  बैतडीको नवौ जिल्ला अधिवेशनका लागि उनी बैतडी पुगेका हुन्।

अधिवेशन उद्दघाटनका लागि बरिष्ठ उपाध्यक्ष पोखरेल बैतडी आइपुगेका एमाले बैतडीका प्रचार विभाग प्रमुख लोकेन्द्र भण्डारीले बताए। अधिवेशनका लागि बैतडी पुगेका पार्टी उपाध्यक्ष पोखरेललाई  पाटनमा स्वागत गरिएको छ। यस्तै   बैतडीबाट निर्वाचित प्रतिनिधि सभासदस्य समेत रहेका उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी पनि गृह जिल्ला बैतडी पुगेका छन्।

भण्डारी पनि अधिवेनशनका लागि आजै  जिल्लामा पुगेका हुन्। एमालेको नवौं जिल्ला अधिवेशनका लागि बरिष्ठ उपाध्यक्ष पोखरेल संगै एमाले नेता एवं  सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, एमाले  नेतृ एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य  जानकी बम, पूर्व प्रदेश पार्टी  अध्यक्ष कर्ण थापा, बैतडी जिल्ला इन्चार्ज निरुदेवि पाल समेत पाटन पुगेका छन्।

कमेन्ट लोड गर्नुस