सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय सभा अध्यक्षमा दाहाल विजयी

२०८० फाल्गुन २९, ०१:४४ खबर संवाददाता

काठमाडौँः राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्।

मंगलबार भएको निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवार दाहाल कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै विजयी भएका हुन्। ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालले ३९ मत प्राप्त गरे। त्यस्तै शर्माले १७ मत प्राप्त गरे। अध्यक्ष पदमा विजयी दाहालले माओवादीको १७, एमालेको १०, एकीकृत समाजवादीको ८ र जसपाको ३ मत पाए।

त्यस्तै राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले पनि दाहाललाई मत दिएका छन्। त्यस्तै राष्ट्रिय सभामा कांग्रेसका १६ र लोकतान्त्रिक समाजवादी पार्टीका १ सांसद रहेका छन्। कांग्रेसले आफ्नोबाहेक लोसपाको १ मत पाएको छ। बुधबारको निर्वाचनमा ५६ जना सांसद उपस्थित थिए।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले भने तटस्थ रहे। राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त रहेको छ। चारवर्षे कार्यकाल रहेका दाहाल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ चैतमा राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए।

कमेन्ट लोड गर्नुस