सुदूर नेपाललाई विश्वसँग जोड्दै

चैत ६ गते प्रधानमन्त्री प्रचण्डसँग प्रश्नोत्तर

२०८० फाल्गुन ३०, ०६:१४ खबर संवाददाता

काठमाडौँः प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँग चैत ६ गते प्रश्नोत्तर कार्यक्रम हुने भएको छ।

प्रतिनिधि सभाको बैठकमा चैत ६ गते बस्ने बैठकमा प्रश्नोत्तर कार्यक्रम हुने सभामुख देवराज घिमिरेले बताए। यसपालि समूह चारमा रहेका सांसदहरूले प्रश्न गर्न पाउनेछन्। त्यसका लागि चैत २ गते ३ बजेभित्र संसद सचिवालयमा प्रश्नहरू बुझाइसक्नुपर्ने घिमिरेले बताए।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका छन्। उनले १५७ मत प्राप्त गरेका हुन्। त्यस्तै उनको विपक्षमा ११० जनाले मत दिँदा एक जना तटस्थ बसेका थिए। 
 

कमेन्ट लोड गर्नुस