सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमाले कञ्चनपुरको अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता

२०८० चैत्र ४, ०३:४४ खबर संवाददाता

कञ्चनपुरः नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्वका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ।

सहमति हुन नसकेपछि नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु भएको हो। गत बिहीबारदेखि जिल्लाको महेन्द्रनगरमा सुरु भएको नवौँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सहमति हुन नसकेपछि चुनावी प्रक्रिया अघि बढेको छ। जिल्ला अधिवेशन निर्वाचन कमिटीका सदस्य वेदप्रकाश उपाध्यायले पदाधिकारीसहित विभिन्न सदस्य पदमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली प्रकाशित भएको बताए।

उनका अनुसार अध्यक्षमा अशोककुमार चन्द र लक्ष्मी बुढाले उम्मेदवारी दर्ता गराएका छन्। बुढा पोलिटब्युरो सदस्य निरुदेवी पाल र चन्द अर्का पोलिटब्युरो सदस्य राजेन्द्र रावलनिकट हुन्। यसअघि आठौँ जिल्ला अधिवेशनबाट बुढा पाल गुटबाटै उपाध्यक्षमा निर्वाचित भएकी थिइन् भने चन्द सचिवमा पराजित भएका थिए।

कमेन्ट लोड गर्नुस