सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष महरा रिहा

२०८० चैत्र ९, ०४:०९ रासस

काठमाडौँः सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा भएका छन्।

महरालाई उनका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का  प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले बताए।

सीआईबी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँको टोलीले पूर्वसभामुख महराको आज बयान सकिएपछि उनलाई हाजिरी जमानीमा रिहा गरिएको हो। महरालाई गत सोमवार कपिलवस्तुबाट नेपाल प्रहरीले पक्राउ गरी काठमाडौँ ल्याएको थियो। 
 

कमेन्ट लोड गर्नुस