सुदूर नेपाललाई विश्वसँग जोड्दै

कुनै पनि प्रदेशमा सत्ता गठबन्धनलाई समर्थन नगर्ने राप्रपाको निर्णय

२०८० चैत्र २१, ०६:१२ खबर संवाददाता

काठमाडौँः राप्रपाले प्रदेश सरकार निर्माणका क्रममा एमाले नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको छ।

प्रवक्ता मोहन श्रेष्ठले राप्रपा बिना सरकारनै नबन्ने परिस्थिति बनेमा हाल कायम सत्ता गठबन्धनलाई समर्थन नगर्ने बुधवार बसेको पदाधिकारी बैठकबाट निर्णय भएको बताए। दिनै परेमा विपक्षी गठबन्धनलाई दिने गरी निर्णय भएको उनको भनाइ छ।

‘यसअघिको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रदेश सरकारलाई पार्टीले समर्थन गर्नुपरेको खण्डमा परिस्थिति हेरेर मत दिने तर सरकारमा भने नजाने निर्णय गरेको थियो’, उनले भने, ‘सोही निर्णयलाई निरन्तरता दिँदै आवश्यकताअनुसार मत दिने तर एमाले नेतृत्वको गठबन्धनलाई नदिने निर्णय भएको छ।’

अध्यक्षले यसम्बन्धमा सम्बन्धित प्रदेशसँग परामर्श गरेर आवश्यकतअनुसार सहयोग गर्ने–नगर्नेबारे निर्णय लिने उनको भनाइ छ। प्रवक्ता श्रेष्ठले  अब राप्रपासँग कांग्रेसले साथ मागेमा छलफल गरेर उपयुक्त निर्णय लिइने बताए।
 

कमेन्ट लोड गर्नुस