सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा कांग्रेसका सिंहले गरे उम्मेदवारी दर्ता

२०८० चैत्र २४, ०३:३५ खबर संवाददाता

बझाङः आगामी बैशाख १५ गते हुने उप–निर्वाचनका लागि बझाङमा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्।

सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री एवं प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। अभिषेक पृथ्वीबहादुरका जेठा छोरा हुन्।

अभिषेकले नारा जुलुससहित नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता लिएर उम्मेदवारी दर्ता गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए। यसपछि राप्रपाको उम्मेदवारी दर्ता गराउने पालो छ।

कमेन्ट लोड गर्नुस