सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

२०८१ जेठ १०, ०५:३४ खबर संवाददाता

बर्दियाः बर्दियामा बाघको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ।

बाँकेको बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकायको मृत्यु भएको हो। बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले बताए।

मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारुसँगै बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन्। उनकी दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस