एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने
काठमाडौँः माध्यमिक शिक्षा परीषा एसईईको नतिजा भोलि (बिहीवार) सार्वजनिक हुने भएको छ।
बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीवार बिहान ११ बजेसम्ममा प्रकाशन गर्ने निर्णय गरेको हो। बुधवार लामो समय बैठक बसेकाले प्रकाशित गर्न समय नपुग्ने भएर बिहीवारका लागि सारिएको बोर्डले जनाएको छ। परीक्षा नियन्त्रक नन्दलाल पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक गरी सार्वजनिक गरिने मंगलवार बताएका थिए।
यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनको भनाइ छ। गत चैत १५ गतेदेखि सुरू भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी थिए।