सुदूर नेपाललाई विश्वसँग जोड्दै

अचेत भेटिएका इन्सपेक्टर उमेशको मृत्यु 

२०८१ असार २२, ०१:०२

काठमाण्डौंः सुतेकै अवस्थामा अचेत भेटिएका सशस्त्र प्रहरी बलका इन्सपेक्टर ४२ वर्षीय उमेश थापाको मृत्यु भएको छ।

भक्तपुरको गुन्डुस्थित आफ्नै घरमा थापा अचेत भेटिएपछि परिवारले अस्पताल लगेको थियो। प्रहरीका अनुसार भक्तपुर अस्पताल लैजाँदा उनको मृत्यु भइसकेको थियो।

इन्सपेक्टर थापा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सुरक्षामा खटिँदै आएका थिए। उनको हृदयाघातका कारण मृत्यु भएको आशंका गरिएको छ। शवको पोष्टमार्टम गरी मृत्युको बारेमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस